उपराष्ट्रपति निर्वाचन : यादवलाई मत दिने काँग्रेसको निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

उपराष्ट्रपति निर्वाचन : यादवलाई मत दिने काँग्रेसको निर्णय


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरूका तर्फबाट साझा उम्मेदवार रहेका यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

उनले संघीय संसद्का सदस्य एवं प्रदेश सभाका सदस्यहरूलाई उपराष्ट्रपति पदका उम्मेदवार यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस