विद्यालय भवन निर्माण अधुरै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

विद्यालय भवन निर्माण अधुरै


१ चैत्र २०७९, बुधबार


खलङ्गा । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ ।

शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताए ।

नगरपालिकाले विद्यालय भवन निर्माणका लागी छ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावका कारण भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताए ।

‘बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन’, उनले भनिन् । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करवीर जोशीले बताए ।

विसं २०४० मा स्थापनमा भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्मको पठनपाठन हुँदै आएको छ । हाल यहाँ दुई सय १५ विद्यार्थी अध्ययनरत छन् ।

भवन निर्माण अधुरै रहेका कारण कोठा अपुग भएपछि हाल एउटै कोठामा दुई वटा कक्षाको पठनपाठन गर्नु परिरहेको प्रधानाध्यापक जोशीले बताए ।

स्थानीय तहसँग पटक पटक बजेटका लागि माग गर्दा पनि बजेट उपलब्ध हुन नसकेको उनी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस