साझा प्रकाशनको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साझा प्रकाशनको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । साझा प्रकाशनको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।

साझा प्रकाशन केन्द्रीय कार्यालय पुलचोक, ललितपुरले महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको हो ।

रिक्त महाप्रबन्धक पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सोसरह उत्तीर्ण गरी सार्वजनिक प्रशासन/व्यवस्थापन/साहित्य/कला/पत्रकारितामा रुचि भएको व्यक्ति हुने पर्ने साझाले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचना प्रकाशन मितिले १५ (पन्ध्र) दिन कार्यालय समयभित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक, ललितपुरमा आवेदन दिन सूचना प्रकाशन गरिएको छ । कम्तीमा २५ वर्ष पूरा भई ६० वर्ष ननाघेको इच्छुक नेपाली नागरिकले निवेदन दिन सक्नेछन् ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस