अख्तियारद्वारा चार मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियारद्वारा चार मुद्दामा सर्वोच्चमा पुनरावेदन


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट फैसला भएका सार्वजनिक सम्पत्ति हानी नोक्सानी र घुस र रिसवत गरी चार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारले जनाएको छ । 

अख्तियारले चेतनाथ भारती, बद्री भण्डारी, गजेन्द्रप्रसाद जायसवाल र मेघनाथ रेग्मी प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस