डोटी जिप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टर मार्फत उद्धार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डोटी जिप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकप्टर मार्फत उद्धार


३० फाल्गुन २०७९, मंगलबार


डोटी । मङ्गलवार डोटीमा जिप र मोटरसाईकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्ला सुरक्षा समिति डोटीको समन्वय तथा पहल र नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । 

सिलगढीमा भएको दुर्घटनामा परि ६ जना घाइते भएका थिए । सो मध्य गम्भीर अवस्थाका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की वर्ष ६५ की धौली देवी बिस्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वर्ष ३२ का विष्णु बोहरालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले बताए । 

नेपाली सेनाको एन ए ०६१ नम्बरको हेलिकप्टर मार्फत घाइतेहरूको उद्धार गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस