महिला नै उपराष्ट्रपति हुनुपर्ने मागसहित सर्वोच्चमा परेको रिट दरपिठ « प्रशासन
Logo २७ जेष्ठ २०८०, शनिबार
   

महिला नै उपराष्ट्रपति हुनुपर्ने मागसहित सर्वोच्चमा परेको रिट दरपिठ


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा दरपिठ गरिएको छ ।

अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गरेकी हुन् ।

आइतबार उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने मागसहित सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट मङ्गलवार दरपिठ भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस