टिपरको ठक्करबाट १ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिपरको ठक्करबाट १ जनाको मृत्यु


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । दक्षिणकाली नगरपालिका–२ ग्वालदहमा टिपरले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ।

नुवाकोटको बेल्कोटगढी नगरपालिका १ घर भएका २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनि टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई गए राति ठक्कर दिएको प्रहरीले जनाएको छ।

ललितपुरको भैँसेपाटी स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा तामाङको मृत्यु भएको हो। दुर्घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस