आजको मौसम : पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


३० फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी तथा हिमाली भू-भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने जनाएको छ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । विभागकाअनुसार आज राति देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

देशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस