उपराष्ट्रपति उम्मेदवार यादवले मागे लिङ्देनसँग भोट, पाए यस्तो प्रतिक्रिया   « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

उपराष्ट्रपति उम्मेदवार यादवले मागे लिङ्देनसँग भोट, पाए यस्तो प्रतिक्रिया  


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावमा भोट दिन आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका नेता यादवले अन्य नेताहरूसहित लिङ्देनलाई भेटेर भोट दिन आग्रह गरेका हुन् । 

सङ्घीयता, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ । यादवको आग्रहपछि  लिङ्देनले उपराष्ट्रपतिको चुनावको विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने प्रतिक्रिया दिएको जसपाका नेता प्रदीप यादवले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस