एक लाख नगदसहित चार जना जुवाडे पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एक लाख नगदसहित चार जना जुवाडे पक्राउ


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । कैलालीको धनगढीमा एक लाख चार हजार नगदसहित चार जना जुवाडे पक्राउ परेको छन्।

आइतबार धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा रहेको चन्द फास्टफुडको कोठामा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले जानकारी दिए।

पक्राउ पर्नेमा फास्टफुड सञ्चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ का ३० वर्षीय को वीरेन्द्र चन्द, बझाङको जयपृथ्वी नगरपालिका ११ का ३६ वर्षीय शेरबहादुर थापा, धनगढी उपमहानगरपालिका १ का ४० वर्षीय धन बहादुर खड्का र २९ वर्षीय खडगबहादुर महरा रहेको प्रवक्ता चन्दले बताए।

उनीहरूको साथबाट एक गड्डी तास र नगद एक लाख चार हजार रुपैयाँ बरामद गरेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस