मन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता 


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो । 

भेटका क्रममा दुई पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबिच सरकारी र जनस्तरमा रहेको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।  

भेटमा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराएकी छिन् । भारतको एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै उनले यसलाई चाँडो सम्पन्न गर्न भारत सरकारको सहयोगको अपेक्षा राखिन् । 

भारतको तथ्य इन्जिनियरिङ कन्सल्टेन्सीले निर्माण जिम्मा लिएको सो आयोजनामा आठ जना स्थानीय निर्माण व्यवसायी परिवर्तन भए पनि प्रगति हुन सकेको छैन । भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस