एमाले सचेतकमा महेश बर्तौला  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले सचेतकमा महेश बर्तौला 


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले)को संसदीय दलको सचेतकको जिम्मेवारी सांसद महेश बर्तौलाले पाएका छन् । 

अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई सचेतक तोकेका हुन् । बर्तौला गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । 

सचेतकको जिम्मेवारी पाएपछि उनले आफ्नो भूमिका निर्वाह गर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस