नक्कली परीक्षार्थी बनेर ट्रायल दिने २ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नक्कली परीक्षार्थी बनेर ट्रायल दिने २ जना पक्राउ


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल दिने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका ६ घर भई हाल काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका ४ घर भई हाल भक्तपुर बस्दै आएका २० वर्षीय रवि कुमार साह छन् ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुई पाङग्रे सवारी साधनको ट्रायल दिइरहेको पाइएकाले दुवै जनालाई नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा आएका दुवै जनालाई प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस