‘जहाँ भएपनि सङ्कटको बेला सबै माओवादी एक ठाउँमा उभिन्छौँ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘जहाँ भएपनि सङ्कटको बेला सबै माओवादी एक ठाउँमा उभिन्छौँ’


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’ ले आफूहरू जहाँ भएपनि सङ्कटको बेलामा एक ठाउँमा उभिने बताएका छन् । आइतबार माओवादी धारले काठमाडौँमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै आहुतिले यस्तो बताएका हुन् । 

उनले संक्रमणकालीन न्याय नियमित अदालतबाट हेर्न थालेपछि सबै माओवादी एक ठाउँमा उभिएको बताएको दाबी गरे ।

‘हामी परिवर्तनका पक्षधरहरूलाई एउटै डालोमा हालेर मुद्दा लगाउने प्रयत्न हुँदैछ । संक्रमणकालीन मुद्दालाई सत्य निरूपणबाट टुङ्गो लगाउनुपर्नेमा साधारण मुद्दा अन्तर्गत अदालतमा प्रवेश गराइयो’ उनले भने, ‘अहिले नाटक धेरै भएका छन् । अहिले मुद्दा दर्ता नगर्ने, कहिले बेन्चमा पठाउने र कहिले आदेश दिन नपर्ने आदि इत्यादि भन्ने गरेको सुनिन्छ ।’ 

अहिले हिजो परिवर्तनका पक्षमा लडेका मान्छेमाथि गतिलो तरबार झुन्ड्याएको आहुतिले बताए । अहिलेको संक्रमणकालीन मुद्दा अदालत वा न्यायाधीशसमक्ष हारगुहार गर्ने विषय नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस