स्ववियु निर्वाचन : अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

स्ववियु निर्वाचन : अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । स्ववियु निर्वाचनको लागि त्रिवि कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी ११५ जनाको उम्मेदवारी परेको छ ।

स्ववियु निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि मात्र १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । समितिले ४ जना स्वतन्त्र विद्यार्थीले र अनेरास्ववियुको तर्फबाट १ जनाले उम्मेदवारी दिएको जानकारी दिएको छ ।

त्यस्तै गरी क्रान्तिकारी विद्यार्थी आन्दोलनको तर्फबाट, स्वतन्त्र विद्यार्थी समूहबाट, नेविसंघबाट, स्वतन्त्र विद्यार्थी सङ्घबाट, नेपाल विद्यार्थी सङ्घबाट, अखिल क्रान्तिकारीबाट, अनेरास्ववियूबाट, नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट र अखिल (क्रान्तिकारी) संयुक्तबाट गरी १४ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गरेका छन् ।

२१ सदस्यीय स्ववियु समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक जना अध्यक्ष, एक जना सचिव, एक जना कोषाध्यक्ष र ८ जना सदस्यहरू निर्वाचित हुनेछन् भने समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस