उपराष्ट्रपतिमा महिला हुनु पर्ने भन्दै महिला कानुन व्यवसायीद्वारा निर्वाचन अधिकृतको ध्यानाकर्षण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपराष्ट्रपतिमा महिला हुनु पर्ने भन्दै महिला कानुन व्यवसायीद्वारा निर्वाचन अधिकृतको ध्यानाकर्षण


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानुन व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

आइतबार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले निर्वाचन अधिकृत महेश शर्मा पौडेलको ध्यानाकर्षण गराएका हुन् ।

संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनले व्यवस्था गरेअनुसार फरक लिङ्ग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस