सकियो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल, आज निजी निवासमा सर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सकियो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल, आज निजी निवासमा सर्ने


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । आजबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिएको छ ।

नयाँ राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भएका छन् ।

आज राष्ट्रपति भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको हो । उनी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित भएकी थिइन् । त्यसपछि उनी दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस