गुडिरहेको सुमोमा आगलागी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गुडिरहेको सुमोमा आगलागी


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । ओखलढुङ्गामा गुडिरहेको सवारीमा अचानक आगलागी भएको छ। काठमाडौँबाट सोलुखुम्बुका लागि छुटेको ना.१ज ८८८२ नम्बरको सुमोमा अचानक आगलागी भएको हो।

सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका-७ हिलेपानीनजिक गुडिरहेको सुमोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। 

घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक दासले बताए।

उनका अनुसार सुमोमा नौजना सवार थिए। घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक केसीको नेतृत्वमा अनुसन्धान भइरहेको छ।

उकालोमा सवारी अत्यधिक तातेका कारण वायरिङ सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

Tags :
प्रतिक्रिया दिनुहोस