लगानी कोषद्वारा चार संस्थालाई आर्थिक सहयोग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लगानी कोषद्वारा चार संस्थालाई आर्थिक सहयोग


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नागरिक लगानी कोषले चारवटा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । ३३औँ वार्षिकोत्सवको अवसरमा कोषले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत कुल सात लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ‘ए’ डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुदलगायतका सामग्री खरिद गर्न एक लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको जनाएको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपाङ्ग भएका मस्कुलर डिस्ट्रोफीका बिरामीहरूको पुनर्स्थापना लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वास्थ्य शिविर सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउन्डेसन-नेपाल, शंखरापुर काठमाडौँलाई दुई लाख रुपैयाँको चेक प्रदान गरेको जनाइएको छ ।

कोषले उपत्यकाबाहिर दाङको राप्ती बहिरा सङ्घलाई सहयोग गरेको छ । फरक क्षमता भएका बालबालिकालाई खेलकुदका माध्यमबाट उत्साहित गर्न अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्दै आएको राप्ती बहिरा सङ्घलाई समावेशी खेलकुदसम्बन्धी कार्यका लागि दुई लाख रुपैयाँको चेक प्रदान गरेको जनाएको छ । त्यस्तै, कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको चितवनको पदमपुर आधारभूत विद्यालयलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ ।

ती संस्थालाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस