एमाले अध्यक्ष ओलीले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले अध्यक्ष ओलीले दिए नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटमा उनले लेखेका छन्, ‘नेपालको तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेता पौडेले सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

निर्वाचनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए भने अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए।

निर्वाचनमा ३ सय १३ सङ्घीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस