बढ्यो दूध, पनिर र घिउको मूल्य  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बढ्यो दूध, पनिर र घिउको मूल्य 


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । निजी डेरीहरूले दुग्ध पदार्थको उपभोक्ता मूल्यमा मनोमानी मूल्य निर्धारण गरेका छन् । बिहीबार देशभरका निजी डेरीहरूको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् । 

उनीहरूले पनिरको मूल्य किलोमा १४० रुपैयाँले वृद्धि गरेका छन् भने घिउको मूल्य पनि लिटरमा २०० रुपैयाँले बढेको छ । यस्तै दहीको मूल्य लिटरमा २५ रुपैयाँले बढेको छ ।

सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको एक सतापछि निजी डेरीहरूले दुग्धजन्य पदार्थको मूल्य कुनै मापदण्ड विनै वृद्धि गरेका हुन् । नयाँ मूल्यवृद्धि पछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ ।

यस्तै दहीको मूल्य एक लिटको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रति ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ कायम भएको छ ।

डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले दूधको उपभोक्ता मूल्य शुक्रबारदेखि देशभर लागू हुने बताए । अन्य दुग्ध पदार्थको मूल्य भने आइतबारदेखि कार्यान्वयनमा आउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस