तनहुँ-१ मा पनि उपनिर्वाचन हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तनहुँ-१ मा पनि उपनिर्वाचन हुने


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । तनहुँ-१ मा उपनिर्वाचन हुने भएको छ । तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै तनहुँ १ मा उप निर्वाचन हुने भएको हो । 

संविधानको धारा ६८ को उपधारा ६ मा ‘निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति यस धारा बमोजिम राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः खारेज हुन्छ,’ भनी उल्लेख गरिएको छ । 

प्रतिनिधि तथा प्रदेशसभामा रिक्त हुने सबै क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगले तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस