गठबन्धनको परिणाम उत्साहबर्द्धक आयो : माधव नेपाल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

गठबन्धनको परिणाम उत्साहबर्द्धक आयो : माधव नेपाल


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको परिणाम आएको बताएका छन् ।

राष्ट्रपतिमा काँग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएपछि अध्यक्ष नेपालले अब गठबन्धन स्वाभाविक रूपमा अघि बढ्ने बताए । 

‘मत परिणाम सकारात्मक र उत्साहबर्द्धक भयो । जसरी गठबन्धन गरेर सहमति गर्‍यौँ, त्यसरी परिणाम आएको ठानेका छौँ । गठबन्धन स्वभाविक रूपमा अघि बढ्छ । सरकार पुनर्गठन भएपछि राष्ट्रपति र जनताप्रति जिम्मेवार हुनेछ,’ नेपालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस