सन्दीपले लिए लगातार दुई विकेट « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सन्दीपले लिए लगातार दुई विकेट


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले पकड बनाएको छ ।

खेलको ३२औँ ओभरमा सन्दीप लामिछानेले लगातार बलमा विकेट लिएपछि खेल नेपालको पक्षमा मोडिएको हो ।

खेलको ३२.२ ओभरमा सन्दीपले ८ रन बनाएर खेलिरहेका हिराहिरीलाई बोल्ड गरे । लगत्तैको बलमा चाड सोपरलाई आरिफ शेखबाट क्याच आउट गराए । सन्दीप ह्याट्रिकबाट भने चुके । तेस्रो बलमा नोर्मामान भनुआ बिट भएका थिए । तर, बलले स्टम्प छुन सकेन । नेपालका लागि सन्दीपले तीन विकेट लिइसकेका छन् ।

यस्तै दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । नेपालका स्पिनरसामु पीएनजीका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकिरहेका छैनन् ।

टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले २९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस