काँग्रेस-एमाले सहकार्य २०८४ अघि सम्भव छैन : गगन थापा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस-एमाले सहकार्य २०८४ अघि सम्भव छैन : गगन थापा


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन् ।

बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।

यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए।

सम्बन्धित समाचार : काँग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना छ : केपी ओली

Tags :
प्रतिक्रिया दिनुहोस