म राष्ट्रपति भएपछि शीतल निवासबाट निस्कँदा सडकमा जाम हुँदैन : रामचन्द्र पौडेल « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

म राष्ट्रपति भएपछि शीतल निवासबाट निस्कँदा सडकमा जाम हुँदैन : रामचन्द्र पौडेल


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति उम्मेदवार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि शीतल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्।

राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर पुगेका पौडेलले आज पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताएका हुन् ।

उनले आफू राष्ट्रपति निर्वाचित भएमा उदाहरणीय काम गर्ने पनि बताए । उनले भने, ‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्र प्रमुखबिच भिन्नता तपाईँहरूले देख्नुहुनेछ । शीतल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’ उनले संविधानको रक्षा गर्ने पनि बताएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस