राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुन्छ : रामकुमारी झाँक्री « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुन्छ : रामकुमारी झाँक्री


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)  पार्टीका सचिव रामकुमारी झाँक्रीले भोलि (बिहीबार) हुने राष्ट्रपतिको निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम हुने विश्वास व्यक्त गरेकी छन्। 

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सहरी विकास मन्त्रीसमेत रहेकी सचिव झाँक्रीले अहिलेको राजनीतिक अस्थिरता राष्ट्रपतिको निर्वाचनपछि अन्त्य हुने र नयाँ राजनीतिक कोर्स सुरु हुने दाबी गरिन्। 

देशमा अहिले देखिएका राजनीतिक अस्थिरतताका कारण जनताले सुशासन उपभोग गर्न नपाएको सचिव झाँक्रीको भनाई छ ।

सचिव झाँक्रीले उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै फलो गर्नुपर्नेमा जोड दिइन्। 

एक अर्को प्रसङ्गमा बोल्नुहुँदै सचिव झाँक्रीले अहिले पनि देशमा महिला र पुरुषबीच समान कामको समान ज्याला दिने व्यवस्था कार्यान्वयन नभएको बताएकी छन्। 

सचिव झाँक्रीले आफ्नो अधिकार स्थापित गर्न आफू पनि तत्पर हुनुपर्ने बताएकी छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस