जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान 


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पार्टी कार्यालय बालकुमारीमा बिहीबार दिउँसो ३ बजे बैठक बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

उनका अनुसार जसपाले बिहीबार बिहान पनि आफ्ना सांसदहरूलाई बालकुमारीमा उपस्थित हुन भनेको छ। 

पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको बताइएको छ।

बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ। जसपाका संघीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता छन्। प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान भने रिक्त रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस