३५ जना महिला सगरमाथा आरोही सम्मानित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

३५ जना महिला सगरमाथा आरोही सम्मानित


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी काठमाडौँमा महिला सगरमाथा आरोहीहरूलाई सम्मान गरिएको छ । नेपाल पर्वतारोहण सङ्घले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ३५ जना आरोहीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेत्री बिना मगर, नायिका निशा अधिकारी, पत्रकारद्वय पूर्णिमा श्रेष्ठ, कल्पना महर्जन लगायतका छन् । सङ्घका अनुसार सम्मानित हुने अन्यमा कान्छी डोल्मा ह्याल्मो, निशा भोटे, पासाङ ल्हामु शेर्पा, डाबुटी शेर्पा, भुमिरा गुरुङ, याङ्दी शेर्पा, लाक्पा थाङ्जी शेर्पा, लुक्मी स्याङदेन, पासाङ फुटी शेर्पा र कान्छीमाया तामाङ छन् । यसैगरी कल्पना महर्जन, युआन्टिका तामाङ, पासाङ ल्हामु शेर्पा, दावा याङजुन शेर्पा, माया गुरुङ, छुनु श्रेष्ठ, छोकी शेर्पा र फुरा दिकी शेर्पा सम्मानित भएका छन् ।

यसैगरी दिक्की शेर्पा, माया शेर्पा, शाली बस्नेत, नीमा जाङ्मु शेर्पा, छिरिङ न्यामगेल शेर्पा, दावा फुटी शेर्पा, दिकी लामा शेपा, पासाङ कान्छी शेर्पा, शर्मिला लामा, कुमारी ज्ञानमाला रानपल, नानु माया गुरुङ र प्रिती भुसाल पनि सम्मानित भएका छन् ।

नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपालीले उनीहरूलाई प्रसंशापत्रसहित सम्मान गरेकी हुन् ।कार्यक्रममा राज्यमन्त्री सिरपालीले नेपालको पर्वतीय पर्यटन र महिला आरोहीको उन्नतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । विज्ञहरूको सहयोगमा पर्वतीय पर्यटनको क्षेत्रमा मन्त्रालयले काम गर्ने उनको भनाइ छ । यसका लागि योजना र कार्यक्रम ल्याउन उनले आग्रह गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस