राष्ट्रपति निर्वाचनमा राप्रपाभित्र तटस्थ बस्न दबाब « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति निर्वाचनमा राप्रपाभित्र तटस्थ बस्न दबाब


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपाको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

पार्टी कार्यालय, धुम्बाराहीमा बसिरहेको बैठकमा बोल्ने अधिकांशले तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरूको तर्क छ ।

एक नेताका अनुसार अध्यक्षसहित केही नेताले बोल्न बाँकी छ ।

राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । काँग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस