राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो : माधव नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो : माधव नेपाल


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताएका छन् ।

एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिला सशक्तीकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका छन् ।

मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र नेतृत्व रहँदै आएको बताउँदै अध्यक्ष नेपालले महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरू गरी त्यसलाई अभ्यासमा ल्याइएको बताए ।

‘फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ अध्यक्ष नेपाल द्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्ला दिनमा विभिन्न रूपमा महिलाहरू आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भइरहेका बताउँदै उनले विभिन्न कुरितीहरुलाई हटाएर सम्मानपूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस