बैंकिङ कसुर आरोपमा पूर्व बैंकर सिर्जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैंकिङ कसुर आरोपमा पूर्व बैंकर सिर्जना पक्राउ


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्व ब्रान्च मेनेजर सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।

नारायणी डेभलपमेन्ट बैंकको भरतपुर ब्रान्चको मेनेजर पदबाट राजीनामा दिएकी खड्का काठमाडौँको कोटेश्वरबाट पक्राउ परेकी हुन् । खड्काले लक्ष्मण थापा क्षेत्रीलाई दिएको ३३ लाखको चेक बाउन्स भएको छ ।

भरतपुर महानगरपालिका स्थायी बसोबास भएका बैंकका सेवाग्राहीसँग बहाना बनाएर खड्काले रकम लिएको पीडितले बताए ।

भरतपुर ब्रान्चको मेनेजर खड्काले रकम ठगेको घटना बाहिरिएसँगै बैंकबाट राजीनामा दिएकी थिइन् । अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति जारी भएसँगै राजीनामा दिएर उनी फरार भएकी हुन् ।

महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भएकी खड्काले बैंकमा कारोबार गर्दै आएका लक्ष्मण थापा क्षेत्रीसँग २०७९ मंसिर २५ मा ३३ लाख लिइन् । भाइलाई अस्ट्रेलिया पठाउन ‘एक दिनका लागी स्टेटमेन्ट देखाउनु पर्ने भो’ भनेर आफूसँग ३३ लाख नगद लिएको पीडित क्षेत्रीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस