कर्णालीको विकासमा मन्त्री मोदीको चासो « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कर्णालीको विकासमा मन्त्री मोदीको चासो


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका छन् । 

मङ्गलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मा र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंंगल बहादुर शाहीसँग भएको भेटवार्तामा मन्त्री मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका हुन् । 

मन्त्री मोदीले कर्णालीको विकासको सवालमा आफूले निभाउनुपर्ने भूमिका निर्वाह गर्ने बताए । “कर्णाली प्रदेशको समग्र विकासका सन्दर्भमा मैले निर्वाह गर्नुपर्ने भूमिकाका लागि म सदैव तत्पर छु” मुख्यमन्त्री शर्मासहितको प्रतिनिधिमण्डललाई मन्त्री मोदीले भने, “कर्णालीलाई समृद्ध बनाउने तपाईँहरूको यात्रामा सदैव सँगै हुन्छु, तपाईँहरूलाई गर्नुपर्ने सहजीकरणमा म सदैव सँगै हुन्छु ।”

मुख्यमन्त्री शर्माले समृद्ध कर्णालीका लागि आफूहरूले चरणबद्ध रूपमा काम गरिरहेको बताए । आफूहरूको समस्यामा संघीय सरकारको पनि साथ खोजेको मुख्यमन्त्री शर्माको भनाई थियो ।

भेटका क्रममा मन्त्री मोदी र मुख्यमन्त्री शर्माबीच बधाई ज्ञापन साटासाट समेत भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस