‘प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल हो’ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

‘प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल हो’


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले राष्ट्रपतिको चुनाव अघि गरिएको प्रोक्सि वार भएको बताएका छन् । 

तत्कालीन सरकार र संयुक्त राष्ट्र सङ्घको रोहबरमा टुङ्गोमा लगाएको विषयमा अनावश्यक रूपमा नछाल्न चौधरीले आग्रह गरे । शान्ति प्रक्रियाका बाँकी काम समेत केही दिनभित्रै टुङ्गोमा पुर्‍याइने उनले बताए । सर्वोच्चको रिटलाई लिएर अनावश्यक त्रसित र खुसी जरुरी नरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस