छरुवा प्रविधि मार्फत धान खेती गरिँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

छरुवा प्रविधि मार्फत धान खेती गरिँदै


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ ।

कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो ।

गौरादह गाउँपालिका दुई र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

अहिलेकै अवस्था हुने हो भने कृषकले धानखेती गर्न छाड्ने उनको भनाइ छ । उत्पादनमा उच्च लगानी र मूल्य नपाउँदा किसानले आफूले खाने मात्र धान उत्पादन गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।

छरुवा धान खेतीको प्रविधिबाट किसानको ब्याड बनाउने, बीउ उखेल्ने र रोप्ने खर्च बच्ने जनाइएको छ ।

यो प्रविधिबाट खेत हिल्याएर ‘ड्रम सिडर’ मेसिनको प्रयोगबाट सोझै धान छर्न सकिने प्रमुख विष्टले बताए । अहिले परीक्षण खेतीमा धान उम्रिसकेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस