शीतल निवास छाड्ने तयारीमा राष्ट्रपति भण्डारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शीतल निवास छाड्ने तयारीमा राष्ट्रपति भण्डारी


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छाड्ने भएकी छन् । फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्या भण्डारी आफ्नो दोस्रो कार्यकाल पुरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् । 

उनी बुढानीलकण्ठ नगरपालिका-२ मा आफैले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।

फागुन २५ मा निर्वाचित हुने राष्ट्रपतिको शपथ कहिले हुन्छ सोही अनुसार सर्ने र नयाँ राष्ट्रपतिले शपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना रहेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ । नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने व्यवस्था छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजा सोही दिन आउने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिमा काँग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस