राष्ट्रपति उम्मेदवार नेम्वाङले गरे पशुपतिमा पूजाअर्चना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति उम्मेदवार नेम्वाङले गरे पशुपतिमा पूजाअर्चना


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । उनले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् । 

पूर्व सभामुख तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ नेकपा ९एमाले०बाट राष्ट्रपति पदका उम्मेदवार छन् । नेम्वाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरूले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन् । उपराष्ट्रपति निर्वाचन चैत ३ मा हुँदैछ ।

राष्ट्रपति पदका लागि एमालेका नेम्वाङसँग काँग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्दैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस