सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक


२२ फाल्गुन २०७९, सोमबार


कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते सङ्घ/सङ्गठन दर्ताको समय तोकिएको छ । २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ ।

चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानको समय क्याम्पसमा निर्वाचन समितिले तोके अनुसार हुने सक्ने सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मोन अवधि सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस