यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण यूएई विरुद्धको खेल भएका छन् । उनको स्थानमा प्रतिश जी।सीले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेट किपर),ज्ञानेन्द्र मल्ल,भिम सार्की, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,प्रतिश जी।सी,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने

Tags :
प्रतिक्रिया दिनुहोस