लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हरायो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हरायो


२२ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले ७–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोलले ७–० को फराकिलो अन्तरले जीत हासिल गरेको हो ।

पहिलो हाफमा १–० को मात्र अग्रता लिएको लिभरपुलेले दोस्रो हाफमा ६ गोल थपेको थियो भने पहिलो हाफको ४३ औँ मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवाती ५ मिनेट भित्रै न्युनेज र गाक्पोले लगातार गोल गरे भने ६६ औँ मिनेटमा सलाहले अर्को गोल थपे । ७६ औँ मिनेटमा न्युनेजले अर्को गोल थपेको ७ मिनेटमा नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे ।

उता, खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनो गोल गरे पछि लिभरपुलले ७–० को फराकिलो जीत हासिल गर्न सफल भयो ।

यस जितसँगै लिभरपुल ४२ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ भन् युनाइटेड ४९ अंकका साथ तेस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस