प्रदेशसभा सदस्यले गरे सङ्घीयता खारेजीको माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेशसभा सदस्यले गरे सङ्घीयता खारेजीको माग


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभामा प्रदेश संरचना नै खारेजीको आवाज उठेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभा बैठकमा सो आवाज उठेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खिमा देवी विष्टले प्रदेश सभाको संरचना नै खारेजी हुनुपर्ने माग राखेकी हुन् ।

उनले भनिन्, ‘यहाँ स्वार्थ प्राप्तिको राजनीति मात्रै भएको छ । जनताले सङ्घीयता चाहेका थिएनन् । छैनन् पनि। सङ्घीयताले देश डुबाउँछ भन्ने जनताको आवाज हो । यो संरचनाले भ्रष्टाचार मौलाउँछ । त्यसकारण प्रदेश सरकार, संरचना खारेजीको जोडदार माग गर्दछु ।’

उनले प्रदेशसभामा आफू प्रतिपक्षमा बस्ने घोषणा गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस