मधेस प्रदेशका माओवादी नेताहरूलाई काठमाडौँ बोलाए प्रचण्डले « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

मधेस प्रदेशका माओवादी नेताहरूलाई काठमाडौँ बोलाए प्रचण्डले


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि काठमाडौँ बोलाएको छ ।

मधेस प्रदेशमा लामो समयदेखि पार्टीमा देखिएको विवादलाई समाधान गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएका हुन् ।

फागुन २६ गते केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा मधेस प्रदेशका लागि केन्द्रीय सदस्यको जिम्मेवारी तोक्नुका साथै प्रदेश र जिल्लाको सङ्गठन निर्माणको कार्य पनि हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस