आम जनता पार्टीले चितवन-२ को उपनिर्वाचन बहिष्कार गर्ने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आम जनता पार्टीले चितवन-२ को उपनिर्वाचन बहिष्कार गर्ने


२१ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । आम जनता पार्टीले चितवन–२ मा उपनिर्वाचन गर्ने निर्णय नसच्याए बहिष्कार गर्ने चेतावनी दिएको छ।

प्रभु साह अध्यक्ष रहेको उक्त पार्टीले शनिबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई पक्षपाती, द्वेष र हतारो भएको र त्यसलाई नसच्याए उपनिर्वाचनमा भाग नलिने जनाएको हो।

पार्टीले अघिल्लो प्रतिनिधिसभामा एक दर्जन स्थानमा रिक्त हुँदा उपनिर्वाचनका लागि पटक–पटक ताकेता गर्दा पनि हतार नगरेको निर्वाचन आयोगले अमुक व्यक्ति र पार्टीलाई फाइदा पुर्‍याउन बदनियतपूर्ण उद्देश्यले उपनिर्वाचन गर्न हतारो गर्नु अनुचित भएको ठहर गरेको छ।

‘मुलुकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट केही दिनभित्र नै कम्तीमा पनि थप १र२ अन्य निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनै पर्ने सम्भाव्य अपरिहार्यतालाई समेत बेवास्ता गर्दै देशको महत्त्वपूर्ण समय र राज्य कोषमा दोहोरो भार एवं नकारात्मक असर पर्ने गरी गर्न लागिएको पक्षपाती एवं बदनियतपूर्ण निर्वाचनलाई तत्काल स्थगन गरी चितवन–२ र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि खाली हुने सबै निर्वाचन क्षेत्रहरूमा एकै पटक मितव्ययी ढङ्गले निर्वाचन गर्न गराउन आयोगसँग जोडदार माग गर्दछु।

हाम्रो मागको समयमै सुनुवाइ सम्बोधन नभए यस गलत निर्वाचनमा हाम्रो आम जनता पार्टी सहभागी नहुने विषय सबै पक्षमा अग्रिम जानकारी गराउन चाहन्छु’,पार्टीका प्रवक्ता चन्द्र भूषण साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चितवन–२ को रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस