कफीसपबाट खसेर माधव नेपालका भाइ सरोजको निधन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कफीसपबाट खसेर माधव नेपालका भाइ सरोजको निधन


२० फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित कफीसपबाट खसेर निधन भएको छ ।

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए ।

नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डिएसपी निशान्त श्री वास्तवका अनुसार कफी सपको छतबाट खसेपछि उपाध्याय सख्त घाइते भई उपचारका लागि अस्पताल लगिएको थियो ।

उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस