राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भयो : ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भयो : ओली


२० फाल्गुन २०७९, शनिबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गरेका छन् । राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको ओलीको जिकिर छ ।

शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद्को केन्द्रीय समिति बैठकमा यस्तो बताएका हुन् । जनतालाई भ्रममा पार्न सफल शक्तिहरूले अहिले पनि सत्ता कब्जा गरिरहेको बताउँदै उनले त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीवीहरूलाई आग्रह गरे ।

‘बौद्धिक जगतको काम के हो भन्दा यो जनतालाई सचेत हुन नदिने जुन प्रयास छ, जनतालाई भ्रममा पार्ने, अलमल्याउने, दिग्भ्रमित गर्ने र पथभ्रष्ट बनाउने, सही बाटोबाट अगाडि बढ्न नदिने जुन शक्तिहरू छन्, तिनको त्यो भ्रम जालबाट जनतालाई मुक्त गर्नु पर्दछ,’ ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस