ललितपुरबाट १२ जना जुवाडे पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ललितपुरबाट १२ जना जुवाडे पक्राउ


२० फाल्गुन २०७९, शनिबार


काठमाडौँ । जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१४ थसिखेलस्थित ईश्वरी खड्काको घरमा जुवा-तास खेलेको आरोपमा शुक्रबार साँझ १२ जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी प्रविण पोखरेलले जानकारी दिए।

जुवा-तास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो।

उक्त टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। उनीहरूबाट एक लाख ६० हजार १५ रुपैयाँ बरामद भएको छ।

घरधनी ईश्वरी खड्काले उनीहरूलाई जुवा खेलाएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस