नोबेल शान्ति पुरस्कार विजेतालाई १० वर्षको जेल सजाय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नोबेल शान्ति पुरस्कार विजेतालाई १० वर्षको जेल सजाय


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । बेलारुसको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता आलेस बियालियात्स्कीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

उनी २०२१ मा पक्राउ परेका थिए । उनीमाथि गलत रूपमा रकम लिएको र विरोध प्रदर्शनलाई आर्थिक सहयोग गरेको आरोप लगाइएको छ ।

यद्यपि उनले भने आरोप अस्वीकार गरेका छन् । आलेस एक लोकतन्त्र समर्थक अभियन्ता हुन् । उनको मानवअधिकार समूह ‘भियास्ना’ले २०२० मा बेलारुसमा भएको विरोध प्रदर्शनमा सहभागीहरूलाई कानुनी र वित्तीय सहयोग गरेको थियो ।

उनीसहित ३ जनाले २०२२ मा नोबेल शान्ति पुरस्कार जितेका थिए ।

अदालतले बिलियान्त्सिन स्टेफानोविचलाई ९ वर्ष र अर्का अभियन्ता उलादजिमिर लोब्कोविचलाई ७ वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

बेलारुसका निष्कासित नेता स्वेतलाना तिखानोवस्काले भने फैसलालाई लज्जास्पद भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस