सूचना प्रविधि क्षेत्र सुधारका लागि पुराना कानुन बाधक : मन्त्री शर्मा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सूचना प्रविधि क्षेत्र सुधारका लागि पुराना कानुन बाधक : मन्त्री शर्मा


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुवै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताएकी छन् ।

प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूसँगको भेटघाटमा उनले यस्तो बताएकी हुन् । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा सुधार ल्याउन पुराना कानुन बाधक भएकाले कानुन परिवर्तन आवश्यक रहेको उनको धारणा छ ।

राजनीतिक परिवर्तनपछि संविधान निर्माण भएर मुलुक धेरै अघि बढे पनि सूचना प्रविधिको क्षेत्रमा पञ्चायतकालीन कानुन नै कायम रहेकाले यी क्षेत्रलाई संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल बनाउन समस्या देखिएकाले कानुन परिमार्जन गर्नुपर्नेमा उनले जोड दिइन् ।

भर्खरै सरकारी वेबसाइटहरूको एकीकृत सञ्चालन र अनुगमन प्रणाली सुरु गरिएको उल्लेख गर्दै मन्त्री शर्माले साइबर सुरक्षासँग सम्बन्धित नीतिगत, कानुनी र संरचनागत विकासका लागि उच्चस्तरीय आयोग गठन गरिएको जानकारी दिइन्  ।

Tags :
प्रतिक्रिया दिनुहोस