सीके राउतसँग नेम्वाङले मागे भोट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सीके राउतसँग नेम्वाङले मागे भोट


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भोट मागेका छन् । आज दिउँसो एमालेका नेताहरूले राउतसँगको भेटमा नेम्वाङलाई भोट दिन आग्रह गरेका हुन् ।

एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जनमत पार्टीबाट शुभकामनासहित सकारात्मक प्रतिक्रिया पाएको बताए । 

जनमतका अध्यक्ष राउतले पार्टीले निर्णय गर्ने जवाफ दिएको बताए । जनमत पार्टी कार्यालय पुग्नुअघि एमाले नेताहरू आजै लोकतान्त्रिक समाजवादीको पार्टी कार्यालय पुगेका  थिए ।

फागुन २५ गते हुने निर्वाचनमा एमालेबाट नेम्वाङ र आठ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस