एक महिना भित्र पशुपति सङ्ग्रहालय सञ्चालनमा ल्याउन निर्देशन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

एक महिना भित्र पशुपति सङ्ग्रहालय सञ्चालनमा ल्याउन निर्देशन


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले पशुपति विकास क्षेत्रस्थित पशुपति सङ्ग्रहालय एक महिना भित्र सञ्चालनमा ल्याउन निर्देशन दिएकी छन् ।

शुक्रबार अनुगमनमा पुगेकी  राज्यमन्त्री श्रीपालिले पशुपति संग्राहलय एक महिनामा सञ्चालनमा ल्याउन निर्देशन दिएकी हुन् । राज्यमन्त्री ठकुरीले शुक्रवार पशुपति क्षेत्र भित्र नयाँ बनाइएको वनकाली उद्यान, नवनिर्मित पशुपति सङ्ग्रहालयको अनुगमन गरेकी छिन् ।

पशुपति क्षेत्र भित्र ४ करोड ५० लाख लागतमा वनकाली उद्यान बनाइएको छ । वनकाली उद्यान राधामानव समितिले आफ्नो पूर्ण लगानीमा गरेको कोषले जनाएको छ । पशुपति क्षेत्र भित्र फेला परेका विभिन्न प्रकारका पुरातात्त्विक महत्त्वका वस्तु सङ्ग्रह गरी यहाँ सङ्ग्रहालय बनाइएको छ । भूकम्पका कारण भत्किएको भवन पशुपति क्षेत्र विकास कोषको आफ्नै लगानीमा बनाइएको छ ।

पुरातात्त्विक एवम् ऐतिहासिक वस्तु प्रदर्शनका लागि बनाइएको सङ्ग्रहालय एक महिना भित्र सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

राज्यमन्त्री ठकुरीले पशुपति विकास क्षेत्रको अनुगमन निरीक्षण पछि श्रद्धालुका लागि आवश्यक पर्ने पानी, शौचालय, आवश्यक जानकारीका लागि सूचनालगायत आधारभूत सुविधा व्यवस्थित गर्न निर्देशन दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस